रिठेपानी सहकारीको नवौं साधारण सभा
- गाउँ सहर संवाददाता
- २१ असोज बिहीबार, २०७८ | २०:३६:०० मा प्रकाशित

लेखनाथ । पोखरा महागरपालिका वडा नं २७ को रिठेपानीमा रहेको रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
सेयर सदस्यहरुलाई एक हप्तासम्ममा प्रतिवेदन बुझाउने र सेयर सदस्यको सुझाव संकलन गर्ने काम सम्पन्न गरी बिहीबार कार्यसमितिका पदाधिकारी, विभिन्न उप समिति र सल्लाहकारहरुको सामुहिक भेलाले प्रतिवेदन उपर छलफल गरी परिमार्जन सहित साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको समापन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङले सहकारीको मूल्य,मान्यता अनुसार अगाडि बढ्न सुझाव दिँदै सहकारीले स्थानीय स्तरको स्रोत र साधनको प्रयोग गरी सेयर सदस्यको आय आर्जनमा बढवा दिने खालका कार्यक्रम ल्याउन र रोजगारीका अवसरहरु सृजना गर्न आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश पन्तले स्वागत गरेका थिए । सभामा सचिव कुशप्रसाद गुरुङका नीति नियमहरु, प्रगति प्रतिवेदन सहित भावी योजना, कोषाध्यक्ष रामप्रसाद अधिकारीकोे आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कप्तान ईन्द्रबहादुर गुरुङको लेखा प्रतिवेदनहरु पारित भएका थिए ।
साधारण सभाका अवसरमा यसवर्ष महत्वपूर्ण योगदान पु-याएकामा विष्णुप्रसाद गुरुङ र कुशप्रसाद गुरुङलाई सम्मान गरिएको थियो । प्रबन्धक द्रौपदी गुरुङ, सल्लाहकार जगबहादुर गुरुङ, संस्थापक अध्यक्ष यमप्रसाद गुरुङ,कर्मचारीहरुबाट सागर गुरुङ लगायतले आआफ्ना धारणा राखेका थिए । सहकारीको २६ करोड बराबरको कारोबार रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस