स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाले ज्यान गुमाएका छन् ।

गाउँ सहर संवाददाता