विश्वमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ करोड ८३ लाख २० हजार ३३४, नेपालकाे अवस्थामा सुधार
- गाउँ सहर संवाददाता
- १८ असोज सोमबार, २०७८ | ०७:१५:०० मा प्रकाशित

काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण २३ करोड ५७ लाख १६ हजार ४९२ जना संक्रमित भएका छन् भने २१ करोड २५ लाख ८० हजार ३११ ले भने रोग जितेका छन् । यसमा ४८ लाख १५ हजार ८४७ ले भने ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म, नेपालको समयानुसार विहानको सात बजेको अपडेटमा सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८३ लाख २० हजार ३३४ रहेको छ । यो अघिल्लो दिनभन्दा केही कम हो । वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइसकानुसार कुल सक्रिय संक्रमितमध्ये ८७ हजार २३ जनाको अवस्था भने चिन्ताजनक छ जुन ०.५ प्रतिशत हो । यो संख्या अघिल्लो दिनको तुलनामा कम नै हो ।
अहिलेसम्मका केशहरू मध्ये ९९.५ प्रतिशत डिस्चार्ज भएका छन् भने २ प्रतिशतको मृत्यु भएको इन्फोले बताएको छ । स्वास्थ्य मापदण्ड र खोपका कारण अहिले भाइरस तल परेको अवस्था छ ।
भाइरसका कारण अमेरिका, भारत, ब्राजिल, बेलायत, रशिया, टर्की, फन्स, इरान, अर्जेनिटना र स्पेन बढी प्रताडित छन् । पछिल्लो समय र इन्फोको अपडेटसमयानुसार विश्वका २२३ देश तथा भूभागमा भाइरसका कारण ३२६ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२० को परीक्षण गर्दा नयाँ ६९७ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट ९२ हजार ३४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार ४०५ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ६९ हजार २२४ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ३३७ जना संक्रमित सघन र १०४ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २५२, होम आइसोलेशनमा रहने १५ हजार ५३७ र संस्थागत आइसोलेशनमा १ हजार २७० रहेका छन् ।
देशमा सक्रिय संक्रमण १६ हजार ८०४ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९६.५ छ । पूर्ण खोप लगाउनेको संख्या ६३ लाख ५२ हजार ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २६ हजार ४१९ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७६.३ रहेको छ । अझैपनि ८ जिल्लामा ५०० बढी संक्रमित र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस