नेपालमा अब कोरोना सक्रिय संक्रमित १७ हजार ६४२ मात्र, थपिने संक्रमितभन्दा निको हुने बढी
- गाउँ सहर संवाददाता
- १६ असोज शनिबार, २०७८ | १६:३०:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार २१९ को परीक्षण हुँदा ८६७ संक्रमित थपिएका छन् । जसमा महिला ४०.६३ र पुरूष ५९.३७ प्रतिशत छन् ।
अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ३५० सघनमा र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार १२३ छ । जुन ९६.४ प्रतिशत हो । अहिलेसम्म कुल निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २३९ र होम आइसोलेशनमा रहेको संख्या १६ हजार ३७१ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार २७१ छ । देशमा सक्रिय संक्रमितको संख्या अब १७ हजार ६४२ रहेको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गर्नेको संख्या ६३ लाख ४८ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत रहेको र मृत्यु प्रति दशलाखमा ३७६ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस