ज्येष्ठ नागरिक दिवसमा ७१ ज्येष्ठ नागरिक सम्मानित
- गाउँ सहर संवाददाता
- १५ असोज शुक्रबार, २०७८ | २१:११:०० मा प्रकाशित

पोखरा । ३० औं ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरामा ७१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल, नागरिक मिलन केन्द्र इकाई समिति वडा १५ को आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई फूलको गुच्छा र न्यानो ज्याकेटद्वारा सम्मान गरिएको थियो । ९९ वर्षीय बृद्ध बसन्त गिरीले पानसमा दिप प्रज्वलन गरीे उद्घाटन गरेको सो कार्यक्रमा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय पारेपकार महासंघ केन्द्रिय अध्यक्ष एवं विषेश अतिथि पण्डित कमलनयन गौतमले आमा बाबा नै इश्वरको रुप रहेको बताए । उनीहरुको सम्मान र सेवा गरे देवता खोज्न कतै जान नपर्ने बताए ।
कार्यक्रममा शुभकामना बोल्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष्य प्रकाश पौडेलले ज्येष्ठ नागरिकमैत्री वडा बनाउन लागिपरेको बताए । कास्की जिल्ला समन्वय समिति सदस्य तोरण बनियाले वडाले ज्येष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै छिट्टै घर घरमै पुगेर बृद्धभत्ता दिने व्यवस्था गर्न पहल गरिरहेको बताए ।
राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई १५ का अध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई १५ का कोषाध्यक्ष रामबहादुर बस्नेत, उपाध्यक्ष केम बहादुर गुरुङ र सचिव ख्याम नारायण पौडेलले पनि बोलेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस