बाघमारा बहुउद्देश्यीय सहकारीमा नयाँ कार्यसमिति
- गाउँ सहर संवाददाता
- १० असोज आइतबार, २०७८ | २१:२२:०० मा प्रकाशित
पोखरा । बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा–३३ भरतपोखरीमा तुलसीमणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सम्पन्न नवौं साधारणसभा तथा चौथो अधिवेशनले निवर्तमान अध्यक्ष डिल्लिराम बराल सहितको कार्यसमितिमा उपाध्यक्षमा बाबुराम लामिछाने, रमादेवी अधिकारी, सचिवमा टुकराज भण्डारी, सह सचिवमा रमेश बहादुर कार्की, कोषाध्यक्षमा बेलबहादुर कार्कीलाई चयन गरेको हो ।
यसैगरी सदस्यहरुमा मनोज कार्की, शंकरदेव अधिकारी, थाजेश्वर लामीछाने, अर्जुन अधिकारी, सुन्दर अधिकारी र ज्ञानु पौडेल रहेका छन् । लेखा समितिमा श्रीधर गिरी, नवराज भण्डारी र माधवप्रसाद अधिकारी रहेका छन् ।
असोज ३ गते देखि सुरु भई असोज ९ गते घोषणा सभागरी ७ दिनसम्म संचालित साधारणसभामा प्रत्येक दिन बिहान ५० जना, दिउँसो ५० जना र बेलुका ५० जना शेयर सदस्य उपस्थित गराई प्रतिबेदन वितरण गरिएको थियो ।
सोही अवसरमा प्राप्त राय सुझावलाई समेत समेटेर प्रतिनिधिमुलक साधारण सभा र विभिन्न बिधामा संस्थालाई योगदान पु¥याउने ब्यक्तित्व एबम् संस्था सम्मान सम्पन्न भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रतिकृया दिनुहोस