बाघमारा बहुउद्देश्यीय सहकारीमा नयाँ कार्यसमिति
- गाउँ सहर संवाददाता
- १० असोज आइतबार, २०७८ | २१:२२:०० मा प्रकाशित
पोखरा । बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा–३३ भरतपोखरीमा तुलसीमणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सम्पन्न नवौं साधारणसभा तथा चौथो अधिवेशनले निवर्तमान अध्यक्ष डिल्लिराम बराल सहितको कार्यसमितिमा उपाध्यक्षमा बाबुराम लामिछाने, रमादेवी अधिकारी, सचिवमा टुकराज भण्डारी, सह सचिवमा रमेश बहादुर कार्की, कोषाध्यक्षमा बेलबहादुर कार्कीलाई चयन गरेको हो ।
यसैगरी सदस्यहरुमा मनोज कार्की, शंकरदेव अधिकारी, थाजेश्वर लामीछाने, अर्जुन अधिकारी, सुन्दर अधिकारी र ज्ञानु पौडेल रहेका छन् । लेखा समितिमा श्रीधर गिरी, नवराज भण्डारी र माधवप्रसाद अधिकारी रहेका छन् ।
असोज ३ गते देखि सुरु भई असोज ९ गते घोषणा सभागरी ७ दिनसम्म संचालित साधारणसभामा प्रत्येक दिन बिहान ५० जना, दिउँसो ५० जना र बेलुका ५० जना शेयर सदस्य उपस्थित गराई प्रतिबेदन वितरण गरिएको थियो ।
सोही अवसरमा प्राप्त राय सुझावलाई समेत समेटेर प्रतिनिधिमुलक साधारण सभा र विभिन्न बिधामा संस्थालाई योगदान पु¥याउने ब्यक्तित्व एबम् संस्था सम्मान सम्पन्न भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस