कांग्रेसले हिमाली जिल्लामा दशैंअगावै जिल्ला अधिवेशन गर्ने
- गाउँ सहर संवाददाता
- ७ असोज बिहीबार, २०७८ | २०:५३:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितका नेताहरुको बैठकले हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो ।
ताप्लेजुङ, संङखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी हिमाली जिल्ला हुन् । ती मध्य डोल्पा र रसुवामा क्रियाशील सदस्यता टुंगो लागेको छैन ।
ती जिल्लामा दशैंअघि नै र अरु जिल्लामा दशैंपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यद्यपि रसुवा जिल्लामा भने क्रियाशील सदस्यता विवाद कायमै छ ।
हिमालीबाहेकका जिल्लामा दशैंअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दशैंपछि गर्ने सहमति भएको यादवले बताए ।
कांग्रेसको बुधबारको बैठकले पालिकाबाहेकका सबै अधिवेशनहरु दशैंपछि गर्ने निर्णय गरेको थियो । बिहीबार निर्वाचन समितिका पदाधिकारीसहितको बैठकले मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दशैं अघि नै जिल्लाा अधिवेशन गर्ने निर्णय गरेको हो ।
कांग्रेसमा ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा ९ असोजमा पालिका अधिवेशन हुँदैछ । १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो ।
कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार ९ असोजमा स्थानीय तहको अधिवेशन, १२ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ असोजमा जिल्ला अधिवेशन गर्ने उल्लेख छ । तर कार्यतालिका भने कांग्रेसले सार्वजनिक गरेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस