नेप्से १०४ अंकले बढेपनि कारोबार रकम ६ अर्ब मात्रै
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | १६:०४:०० मा प्रकाशित

काठमाडाैं । बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ ।
यस दिन २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
यो दिन २०७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन दर्जनबढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिनको कारोबारमा गुहेश्वरी मर्चेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंक, युनियन हाइड्रोपावर, हिमाल दोखला हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, मनकामना स्मार्ट लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर, श्री इन्भेटमेन्ट कम्पनी, आइसीएफसी फाइनान्स, हिमाल उर्जा विकास कम्पनीलगायतका कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन कारोबार रकममा भने केहि गिरावट देखिएको छ ।
यस दिन उच्च दरले बढ्ने कम्पनीको शीर्ष स्थानमा बेष्ट फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र सिन्धु विकास बैंक रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस