उच्च शिक्षालय हिसान कास्कीको अध्यक्षमा रोक्का
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | ०६:५६:०० मा प्रकाशित
पोखरा । उच्च शिक्षालय हिसान कास्कीका अध्यक्षमा यम रोक्का निर्विरोध निर्वाचित भएका छन ।
हिसान कास्कीको १९ औं साधारण सभा तथा आठौ अधिबेशनले रोक्कालाई आगामी तिन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । अधिबेशनले १९ सदस्यीय नयाँ कार्यसमिति उपाध्यक्षमा दिवाकर जैसी, सचिबमा ढाकाराम कंडेल, कोषाध्यक्षमा सुन्दर प्रसाद ढकाल, सहसचिबमा पुरन कुँवरमा चयन गरेको छ ।
यसै गरी कार्यसमिती सदस्यमा डा. चैतन्यराज अधिकारी, लिलावती प्रधान, खिमबहादुर गुरुङ, कृष्ण प्रसाद सापकोटा, पुष्पराज पराजुली, अम्वर गुरुङ, राजेन्द्रमणी पौडेल, मोहनलाल पौडेल, दिल्लीराम अर्याल, नविन बराल, दिल्लीराम अधिकारी, विकास पाहारी, आनन्द अधिकारी र पम्फा गुरुङ निर्विरोध चयन भएका हुन ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक मन्त्रि मेखलाल श्रेष्ठ प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल, प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा, गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, राष्ट्रिय परिक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक बिष्णु नारायण श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस