उच्च शिक्षालय हिसान कास्कीको अध्यक्षमा रोक्का
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | ०६:५६:०० मा प्रकाशित

पोखरा । उच्च शिक्षालय हिसान कास्कीका अध्यक्षमा यम रोक्का निर्विरोध निर्वाचित भएका छन ।
हिसान कास्कीको १९ औं साधारण सभा तथा आठौ अधिबेशनले रोक्कालाई आगामी तिन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । अधिबेशनले १९ सदस्यीय नयाँ कार्यसमिति उपाध्यक्षमा दिवाकर जैसी, सचिबमा ढाकाराम कंडेल, कोषाध्यक्षमा सुन्दर प्रसाद ढकाल, सहसचिबमा पुरन कुँवरमा चयन गरेको छ ।
यसै गरी कार्यसमिती सदस्यमा डा. चैतन्यराज अधिकारी, लिलावती प्रधान, खिमबहादुर गुरुङ, कृष्ण प्रसाद सापकोटा, पुष्पराज पराजुली, अम्वर गुरुङ, राजेन्द्रमणी पौडेल, मोहनलाल पौडेल, दिल्लीराम अर्याल, नविन बराल, दिल्लीराम अधिकारी, विकास पाहारी, आनन्द अधिकारी र पम्फा गुरुङ निर्विरोध चयन भएका हुन ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक मन्त्रि मेखलाल श्रेष्ठ प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल, प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा, गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, राष्ट्रिय परिक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक बिष्णु नारायण श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस