स्वास्थ्य
पछिल्लाे २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ४३० जना कोरोना संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- ३१ भदौ बिहीबार, २०७८ | १७:२१:०० मा प्रकाशित

काठमाडौं । पछिल्लाे २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ४३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी २९३ जना रहेका छन्। यसैगरी भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै गत २४ घण्टामा कोरोनाबाट ११ जना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस