निको हुनेकाे संख्याभन्दा थपिन लागे काेराेना संक्रमित, थप १६ जनाकाे मृत्यु, ४७५ सघन र १३४ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- २८ भदौ सोमबार, २०७८ | १६:१२:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ५३९ को परीक्षण हुँदा १ हजार ४८६ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ४० लाख ३४ हजार ५९३ को पिसिआर र ५ लाख १५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण भएको छ । जसबाट ७ लाख ७८ हजार ३१२ पिसिआरबाट र ८७ हजार ३१ एन्टिजेन विधिबाट संक्रमित पहिचान भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ४७५ सघन र १३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार २६० छ । प्रतिशतमा हेर्दा यो ९५.२ हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ४० हजार ७१७ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २६२ र होम आइसोलेशनमा रहेको संख्या २४ हजार ९५८ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ६७२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।
मन्त्रालयका अनुसार १२ जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० संक्रमित माथि रहेको जिल्ला २० छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ५१ लाख ९८ हजार १९३ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.३ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३६९.६ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस