आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- २६ भदौ शनिबार, २०७८ | २०:३९:०० मा प्रकाशित

पाेखरा । आज विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं.१६, १९, कोशिस संस्था र मनोचिकित्सक संघ नेपालको सहकार्यमा आत्महत्या न्यूनीकरण एवं रोकथामका लागि प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यता, प्रहरी उपरीक्षक रमेश थापाको अध्यक्षतामा गण्डकी अस्पताल पोखराका मनोचिकित्सक डाक्टर राजन शर्मा, पोखरा महानगरपालिका वडा नं. १६ र १९ का वडा अध्यक्ष लगायत कोशिस संस्थाका पैरवी अधिकृत, आमा समूह, स्थानीय क्लबका पदाधिकारी समेतको उपस्थितिमा आत्महत्या न्यूनीकरण एवं रोकथामका लागि अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्र.जि.अ. थानेश्वर गौतमले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि अभिभावक, समाज र राष्ट्रले नै महत्वको रूपमा लिई सबै मिलेर अगाडी बढ्नु पर्ने र यो एक किसिमको मनोरोग भएको कारण विभिन्न परामर्श, सुझाव सल्लाह आवश्यक रहेको कुरा व्यक्त गरेका थिए भने उपस्थितबाट उठेका जिज्ञासाको बारेमा डाक्टर राजन शर्माले अन्तरक्रिया तथा सम्बोधन गरेका थिए ।
सोही अवसरमा जि.प्र.का. कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले आगामी दिनहरूमा आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रमहरू गाउँ गाउँमा समेत सञ्चालन गर्ने जानकारी समेत गराई उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्राप्त प्रतिक्रिया
कस्तो न्यूनीकरण भन्या नि, जिरोनै हुनुपर्ने हो । जनताले चैनसंग बाँच्नसक्ने वातावरण हुनुपर्छ । त्यसपछि कहाँ हुन्छ आत्महत्या ?
प्रतिकृया दिनुहोस