पछिल्लो समय सनातन, आदिवासी धर्म, सँस्कृति, परम्परामाथि आक्रमण : लावती
- गाउँ सहर संवाददाता
- २२ भदौ मंगलबार, २०७८ | ०७:१२:०० मा प्रकाशित

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले पछिल्लो समय सनातन, आदिवासी धर्म, सँस्कृति, परम्परामाथि आक्रमण भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘परिवर्तनको नाममा नेपालको मूल मूल्य, परम्परा माथि आघात पुर्याउने काम भयो । आदि काल देखिको पहिचान, धार्मिक, साँस्कृतिक धरोहर धूमिल पार्ने कार्य भयो । यसबाट नेपाली समाजको सद्गुण र एकतामा नकारात्मक असर पुगेको छ,’ राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले सोमबार भने ।
राप्रपा महाधिवेशन उन्मुख रहेको भन्दै नेता लावतीले महाधिवेशनको बलमा राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने बताए ।
राप्रपा, फिदिम नगरपालिका, वडा नं ३ का अध्यक्ष जयराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न वडास्तरीय भेटघाटलाई सम्बोधन गर्दै युवा नेता लावतीले सो विचार व्यक्त गरेका हुन् ।
वडा तहदेखि जारी महाधिवेशनको प्रक्रियाले राप्रपालाई जनताको नजिक लैजाने र यसै अनुरुप राप्रपाले देशव्यापी लहर ल्याउने लावतीले दावी गरे ।
राप्रपा अब कहिले नफुट्ने गरी एक भएको भन्दै, एकतावद्ध राप्रपाले राष्ट्रवादी चिन्तन बोकेर राजा सहितको प्रजातन्त्र र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पूनस्र्थापना गर्ने उनको भनाइ थियो ।
महिला र युवामैत्री अवधारणा लिएर राप्रपा अघि बढ्ने उनले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस