पछिल्लो समय सनातन, आदिवासी धर्म, सँस्कृति, परम्परामाथि आक्रमण : लावती
- गाउँ सहर संवाददाता
- २२ भदौ मंगलबार, २०७८ | ०७:१२:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले पछिल्लो समय सनातन, आदिवासी धर्म, सँस्कृति, परम्परामाथि आक्रमण भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘परिवर्तनको नाममा नेपालको मूल मूल्य, परम्परा माथि आघात पुर्याउने काम भयो । आदि काल देखिको पहिचान, धार्मिक, साँस्कृतिक धरोहर धूमिल पार्ने कार्य भयो । यसबाट नेपाली समाजको सद्गुण र एकतामा नकारात्मक असर पुगेको छ,’ राप्रपाका कार्य सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले सोमबार भने ।
राप्रपा महाधिवेशन उन्मुख रहेको भन्दै नेता लावतीले महाधिवेशनको बलमा राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने बताए ।
राप्रपा, फिदिम नगरपालिका, वडा नं ३ का अध्यक्ष जयराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न वडास्तरीय भेटघाटलाई सम्बोधन गर्दै युवा नेता लावतीले सो विचार व्यक्त गरेका हुन् ।
वडा तहदेखि जारी महाधिवेशनको प्रक्रियाले राप्रपालाई जनताको नजिक लैजाने र यसै अनुरुप राप्रपाले देशव्यापी लहर ल्याउने लावतीले दावी गरे ।
राप्रपा अब कहिले नफुट्ने गरी एक भएको भन्दै, एकतावद्ध राप्रपाले राष्ट्रवादी चिन्तन बोकेर राजा सहितको प्रजातन्त्र र सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पूनस्र्थापना गर्ने उनको भनाइ थियो ।
महिला र युवामैत्री अवधारणा लिएर राप्रपा अघि बढ्ने उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस