तीन दिनदेखिको भीषण वर्षाका कारण पहिरोमा परी पर्वत र पाेखरामा १२ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १९ भदौ शनिबार, २०७८ | ०६:५६:०० मा प्रकाशित

काठमाडौँ । मनसुन सक्रिय रहेको अवस्थामा गएको बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएकाे छ ।
पर्वतका विभिन्न चार स्थानमा बिहीबार रातिदेखि नै पहिरो जानेक्रम जारी रहेको अवस्थामा पहिराले पुरिएर ११ जनाको र पोखरामा पहिरोमै परी थप एकजनाको ज्यान गएको हो । पहिरोले पाँच घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । केही स्थानीय विस्थापित भएका छन् ।
पर्वतबाट प्राप्त समाचारअनुसार तीन दिनदेखिको भीषण वर्षाका कारण गएको पहिरोमा परेर पर्वतमा ११ जनाको मृत्यु गएको छ । कुस्मा नगरपालिका वडा नं ३ मा गएको पहिरोमा एकै परिवारको पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
मध्य पहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो गएपछि पर्वत, बागलुुङ, म्याग्दी र मुस्ताङलाई जोड्ने पोखरा र राजधानीसँगको यातायात सम्पर्क विच्छेद भएको छ । ज्यान गुमाउनेमा एकै परिवारका वर्ष ७५ का कौशिल्यादेवी पौडेल, वर्ष ३५ की भगवती पौडेल, १६ वर्षकी विमला पौडेल र ११ वर्षकी विनिता पौडेल र नौ वर्षका विनोद पौडेल रहेका छन् । उनीहरू सबै एकै परिवारका हजुरआमा, बुहारी र तीन नातिनातिना रहेको प्रहरीले जनाएको छ ।
यसैगरी कुस्मा नगरपालिका–११, सिल्मीमा पहिरो खस्दा वर्ष ३५ की दुर्गा पौडेल, वर्ष छका गणेश पौडेलको मृत्यु भएको छ । कुस्मा नगरपालिका–११ पपुवाका ७० वर्षीय डल्ली उपाध्याय पौडेल, ४० वर्षीय मार्या कुमारी पौडेल वर्ष र तीन वर्षका प्रयूष पौडेलको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी मोदी गाउँपालिका–५, आम्बोसमा पहिरोमा पुरिएर ५० वर्षीय फूलमाया थापाको ज्यान गएको छ । जिल्लामा बिजुली, टेलिफोन, इन्टरनेट पूूर्ण रूपमा विच्छेद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस