कांग्रेस शिला खोज्नुपर्ने भनेका बस्नेतलाई देउवाकाे चुनाैती : दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्
- गाउँ सहर संवाददाता
- १८ भदौ शुक्रबार, २०७८ | १४:०४:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सांसद महेश बस्नेतलाई फेरि भक्तपुरमा निर्वाचन जित्न चुनौती दिएका छन् ।
वडा अधिवेशन उदघाटन गर्न सूर्यविनायक पुगेका देउवाले एमाले नेता बस्नेतलाई भक्तपुरका कांग्रेस नेता दुर्लभ थापालाई हराउन चुनौती दिए ।
देउवाले भने, ‘कांग्रेस सशक्तरूपमा अघि बढेको छ । महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’
स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशन गर्न देउवाले कार्यकर्तालाई सुझाएका थिए । देउवाले सम्भव भएसम्म सर्वसम्मत प्रतिनिधि चयन गर्न स्थानीय कार्यसमितिलाई अनुरोध गरेका थिए ।
२२ वडामा हालसम्म सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । अन्यमा पनि सर्वसम्मत गर्ने प्रयास छ ।
कांग्रेसको वडा अधिवेशन आजबाट सुरु भएको छ । क्रियाशील सदस्यताको सूची प्रकाशित भएका ५६ मध्ये धेरै जिल्लाको अधिवेशन आज भइरहेको छ ।
भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए । केही दिनअघि उनले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस