गाउँ सहर

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुँगियाे

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन बिष्टको गोलबाट खेलको ३६ औँ मिनेटमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।

खेलको ६० औँ मिनेटमा भारतका अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए ।

खेलमा दर्शकको समेत उपस्थित रहेको थियो। विश्व फुटबल महासंघले तोकेको मापदण्ड पालना गर्दै रंगशालामा दर्शकलाई प्रवेश दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) जनाएको छ ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि भारतीय टोली नेपाल आएको यो पहिलोपटक हो । यसअघिका तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु भारतमै भएका थिए । सन् २०१३ मा सिलिगुढी, सन् २०१५ मा पुना र सन् २०१७ मा मुम्बईमा मैत्रीपूर्ण खेल भएका थिए ।

गाउँ सहर संवाददाता