शेयरबजारका कुरा : नेप्से परिसूचक ५० अंकले गिरावट, काराेबार रकम ९ अर्बमा सीमित
- गाउँ सहर संवाददाता
- १७ भदौ बिहीबार, २०७८ | १५:३३:०० मा प्रकाशित

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा ठूलाे अंकले गिरावट देखिएकाे छ ।
नेप्से परिसूचक ५०.०३ अंकले घटेर २९२६.९९ विन्दुमा सीमित भएको छ । यो दिन १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा ३६ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ । साथै १८२ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।
घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन चन्द्रागिरी हिल्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ ।
नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस