गाउँ सहर
राप्रपा महिला संगठनले तीजको दर खाने जमघट गर्ने खर्च मृगौला पीडितलाई सहयोग गर्ने
- गाउँ सहर संवाददाता
- १७ भदौ बिहीबार, २०७८ | १२:०५:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध महिला संगठनले तीजको दर खाने जमघटको साटो मृगौला पीडितलाई सहयोग गर्ने निधो गरेको छ ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका सह–अध्यक्ष ममता राईको अध्यक्षतामा सम्पन्न एक भेलाले मानवीय मूल्यलाई आत्मसात गर्दै तडकभडक भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखेको हो ।
राप्रपा केन्द्रीय कार्यालय चावहिलमा सम्पन्न भेलाले सोही भावना बमोजिम यसपालीको तीजमा जमघट गरेर दर खाने कार्यक्रम नगर्ने, बरू सोही रकम जम्मा गरेर मृगौला पीडितलाई सहयोग गर्ने निष्कर्ष लिएको हो ।
यस पवित्र कार्यमा मद्दत गर्ने सम्पूर्ण सहयोगीलाई महिला नेतृ विन्दा गिरीले हार्दिक आभार पनि प्रकट गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस