तनहुको बरादीमा मत्स्यपालन प्रविधि प्रर्दशन
- गाउँ सहर संवाददाता
- १२ भदौ शनिबार, २०७८ | २०:३२:०० मा प्रकाशित

पोखरा । नार्क प्रविधि गाउँ आवुँबरादीमा मत्स्यपालन प्रविधि प्रर्दशनको सुभारम्भ गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेको आयोजना एवं मत्स्य अनुसन्धानकेन्द्र वेगनासको सह आयोजनामा उक्त प्रर्दशनको सुभारम्भ गरिएको हो ।
प्रविधि प्रर्दशनको उद्घाटन गर्दे नेपाल कृषि अनुसन्धान परिषदका निर्देशक स्वयं प्रकाश श्रेष्ठले पोखरी र धान खेतमा छोडेका माछाहरुको राम्रो ब्यवस्थापन गर्नुपर्ने बताए । आबुँबरादी गाउँपालिका अध्यक्ष विरबहादुर थापाले लुम्ले अनुसन्धान केन्द्रले पहिलेपनि आफ्नो ठाउँमा विभिन्न कार्यक्रम ल्याएको स्मरण गर्दे बरादीका किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए । राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावरीका प्रमुख आशा रायमाझीले माछाको बजार राम्रो रहेको भन्दै बरादीमा एक घर एक पोखरी बनाउन किसानहरुलाई सुझाव दिए ।
नार्ककाका अनुगमन मुल्याङकन महाशाखा प्रमुख डाक्टर सुधा सापकोटाले अनुसन्धान केन्द्रमा किसानको मागको आधारमा नयाँ नयाँ प्रविधिको विकास गरिरहेको हुने र उक्त प्रविधि किसानको खेतबारीमा पु¥याउने प्रयत्न स्वरुप कार्यक्रम गरिएको बताए ।
कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेका निर्देशक डाक्टर कालिका प्रसाद उपाध्यायले नार्क प्रविधि गाउँका किसानलाई फाइदै फाइदा हुने बताए । कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेका वैज्ञानिक काशीनाथ चिलुवाल अनुसन्धान केन्द्रंहरुले निकालेका नयाँ नयाँ प्रविधि नार्क प्रविधि गाउँमा प्रर्दशन गरिने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस