मौलिक धर्म, परम्पराको सम्मान र जगेर्नाबाट नै देश र समाज सुढृढ हुने : पूर्वमन्त्री सुब्बा
- गाउँ सहर संवाददाता
- १२ भदौ शनिबार, २०७८ | १८:३३:०० मा प्रकाशित
सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले मौलिक धर्म, परम्पराको सम्मान र जगेर्नाबाट नै देश र समाज सुढृढ हुने बताएका छन् ।
‘आदिवासी धर्म, सँस्कृतिको आफ्नै भूमिका र देन छ । यसै अनुरुप मौलिक लिम्बु परम्परालाई निरन्तर राख्नु महत्वपूर्ण हुन्छ,’ पूर्वमन्त्री सुब्बाले शनिबार भने ।
स्वर्गीय क्या. इन्द्रबहादुर लिम्बुको चार दिनको सुद्ध्याई कार्यक्रममा बोल्दै सुब्बाले यस्तो विचार व्यक्त गरेका हुन् । इटहरी नगरपालिका, वडा नं १० का स्थानीय, लिम्बुको १०२ वर्षीको उमेरमा निधन भएको थियो ।
अवकाश प्राप्त बेलयाती सेनाका क्याप्टेन लिम्बुका ६ श्रीमतीमध्ये ४ जना जिवित छन् । उपस्थित सबै परिवारजनलाई सात्वना दिँदै राप्रपाका वरीष्ठ नेता सुब्बाले मृत आत्माप्रति श्रद्धान्जली अर्पण गरे ।
‘दोस्रो विश्व युद्धका सेनानी, क्या. इन्द्रबहादुर लिम्बु समाजको गहना हुनुहुन्थ्यो । समाजसेवीका रुपमा परिचित क्याप्टेन लिम्बुले देश भित्र र बाहिर निर्वाह गर्नुभएको भूमिका अतुलनीय छ,’ सुब्बाले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
प्रतिकृया दिनुहोस