कोभिड महामारीका बाबजुद पनि मुलुकभित्र साढे ९ खर्ब रेमिट्यान्स भित्रियाे
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | २१:३१:०० मा प्रकाशित

काठमाडाैं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले गत आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि डलरको भाउमा भएको वृद्धिका कारण पनि नेपाल भित्रने रकम भने बढेको हो ।
कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भए पनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरेका कारण पनि वैधानिक माध्यमबाट विप्रेषण भित्रने क्रममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०७७/७८ को विवरणअनुसार झण्डै १० खर्ब बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।
अघिल्लो आवमा आप्रवाह ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएकोमा समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको हो । अघिल्लो आव २०७६/७७ मा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।
२०७८ जेठ मसान्तसम्ममा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएकोमा पछिल्लो महिना अर्थात २०७८ असारमा मात्रै ९० अर्ब ११ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ रवैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि सो वर्षमा ३४.७ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७६/७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई ९ खर्ब ८२ अर्ब २२ करोड कायम भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस