काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी सरकारमा आवश्यक परे सहभागी हुने छौं,’ उनले भने ‘सरकारको गठबन्धन हौं । हिजो औपचारिक रुपमा भन्न गाह्रो थियो, तर अहिले छैन ।’
नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय भएको भन्दै उनले यो जनताको आम चाहाना पनि भएकाले यसलाई छोडेर जान नसकिने उनले बताए ।
'हामीले पुनर्गठन गरेको पार्टी कम्युनिस्ट पार्टीको पुनर्गठनअन्तर्गत नै हो । निर्वाचन आयोगमा नाम नजुधोस् भनेर नै यो पार्टी राखेका हौं,’ उनले भने, ‘नेकपा लिँदा पुन: पुरानै अवस्थामा फर्कन परेको हो। नेपाल कम्युनिस्ट पार्टी छोडेर जाँदैनौं ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस