राजनीति
माधव नेपालले भने- ‘सरकारको गठबन्धन हौं हामी सरकारमा सहभागी हुने छौं’
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | १६:२२:०० मा प्रकाशित
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी सरकारमा आवश्यक परे सहभागी हुने छौं,’ उनले भने ‘सरकारको गठबन्धन हौं । हिजो औपचारिक रुपमा भन्न गाह्रो थियो, तर अहिले छैन ।’
नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय भएको भन्दै उनले यो जनताको आम चाहाना पनि भएकाले यसलाई छोडेर जान नसकिने उनले बताए ।
'हामीले पुनर्गठन गरेको पार्टी कम्युनिस्ट पार्टीको पुनर्गठनअन्तर्गत नै हो । निर्वाचन आयोगमा नाम नजुधोस् भनेर नै यो पार्टी राखेका हौं,’ उनले भने, ‘नेकपा लिँदा पुन: पुरानै अवस्थामा फर्कन परेको हो। नेपाल कम्युनिस्ट पार्टी छोडेर जाँदैनौं ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस