कोरोनाबाट थप २६ जनाको मृत्यु, कुल मृतकको संख्या १० हजार ६३८ पुग्याे
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | १७:१५:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार ३७४ को परीक्षण हुँदा २ हजार ४३३ संक्रमित थपिएका छन् ।
आजसम्म जम्मा ३८ लाख ६८ हजार ७१७ पिसिआर र ४ लाख ५० हजार ३२९ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ८ लाख १ हजार ९६८ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ८१ हजार ९६८ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ६२० सघन र १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार ९२९ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ५ हजार ८९३ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३६६ र होम आइसोलेशनमा रहेको संख्या ३५ हजार ३५४ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ३० छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप प्राप्त गर्नेको संख्या ३९ लाख ४९ हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९.५ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३५८.८ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस