नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ मृत फेला
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | १३:४६:०० मा प्रकाशित

काठमाडाैं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्य घरमै मृत अवस्थामा भेटिएका छन् । भीमका कान्छा भाइ ५१ वर्षीय राम सुनसरीको इनरुवास्थित घरमै बिहीबार मृत भेटिएका हुन् ।
आचार्य विराटनगरमा एमाले संसदीय दलका नेता चुनिएर मुख्यमन्त्रीका लागि शपथ लिने तयारी हुँदै गर्दा भाइको निधनबारे खबर आएको थियो ।
सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीका अनुसार बिहान ओछ्यानमा उनको शव फेला परेको हो।
प्रवक्ता कार्कीका अनुसार उनी सुतेको कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको र ओछ्यानमै लडिरहेको अवस्थामा शव भेटिएको हो।
तत्कालीन मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्यलाई दलको नेता चुनिएको थियो । त्यसपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । आचार्यलाई तत्काल भाइको निधनबारे जानकारी नदिइए पनि मुख्यमन्त्रीमा नियु्क्त हुनुअघि उनले थाहा पाएका थिए ।
आचार्यका भाइको के कारणले मृत्यु भएको भन्ने खु्लिसकेको छैन । प्रहरी इनरुवास्थित घरमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस