प्रदेश १ मा मुख्यमन्त्री फेरिए, हटे शेरधन, भीम आचार्यले लिए सपथ
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | १२:५५:०० मा प्रकाशित
कामठाडाैं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिएपछि आचार्य संसदीय दलको नेतामा चयन भएका थिए ।
आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन्।
यसअघि माधवकुमार नेपाल समूहमा रहेका नेता आचार्यले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका थिए ।
नेपाल समूहमा प्रदेश- १ का १५ सांसद रहेको उक्त समूहको दाबी छ । आचार्यलाई मुख्यमन्त्री बनाउँदा त्यसको ठूलो संख्या आफूले एमालेमै राख्ने आचार्यले दाबी गर्दै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रतिकृया दिनुहोस