पार्टी विभाजित भएर जाने केन्द्रीय सदस्यलाई कारबाही गर्न एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | ०९:१०:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसा १२ बजे बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
नेकपा एमाले विभाजन भएर बुधबार नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । उक्त दलका लागि एमालेका ५५ केन्द्रीय सदस्यले सनाखत गरेका थिए ।
बैठकमा १० बुँदे सहमति कार्यान्वयनका लागि स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्ने लगायत कार्यसूची रहेको तामाङले जानकारी दिए ।
बैठकका तीन एजेण्डामा १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे र पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारबाही प्रक्रिया अगाडि बढाउने छन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन्। निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस