काठमाडाैं महानगरपालिकाले घरघरमा गएर पञ्चैबाजा बजाउँदै कर तिर्न बाेलायाे
- गाउँ सहर संवाददाता
- १० भदौ बिहीबार, २०७८ | ०८:५९:०० मा प्रकाशित

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन पञ्चैबाजा अभियान सुरु गरेको छ ।
घरजग्गा, सम्पत्तिलगायत व्यावसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरको टोली बाजागाजासहित घरघरमा पुग्न थालेको हो ।
पहिलो चरणमा महानगरले हिजो न्युरोड, नयाँ बजार, सोल्टीमोडलगायतका ठाउँमा पञ्चैबाजासहित करदाताको घरदैलो अभियान सुरु गरेको हो । अब केही दिन पर्खने र त्यसपछि पनि कर तिर्नेको सङ्ख्या नबढेमा अरु ठाउँमा पञ्चैबाजा बजाउने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले आउँदो २४ गतेसम्म कर तिरिसक्न ताकेता गरेको छ । महानगरले २–३ वर्षदेखि २८ वर्षसम्मको घरजग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको हो । यी ठूला करदाताहरुबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी छ ।
गएको असार १६ र साउन २४ गते महानगरले ठूला करदातालाई कर दाखिला गर्न ३० दिने सार्वजनिक सूचना निकालेको थियो । तर अटेर गरेपछि महानगरले यस्तो दबाबमूलक कार्यक्रम सुरु गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस