चन्द्र ढकालले दिए धितोपत्र बोर्डको सदस्यबाट राजीनामा
- गाउँ सहर संवाददाता
- ९ भदौ बुधबार, २०७८ | १६:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका थिए ।
ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेसँगै महासंघले धितोपत्र बोर्डलाई ढकालको ठाउँमा अर्कै प्रतिनिधि पठाउने भन्दै पत्राचार गरेको छ ।
आफूले महासंघमार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताए । धेरै पब्लिक कम्पनीमा आफूआवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्या हुने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।
आज बुधबारकै मितिबाट लागू हुने गरी उनले राजीनामा दिएका हुन् । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हिजो मात्रै राजीनामा दिएका थिए । यस प्रकरणमा ढकालको नाम पनि जोडिएको थियो ।
बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने लागेको सर्वोत्तम सिमेन्ट सेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, सञ्चालक ढकाल र नेप्सेका सीईओ चन्द्रसिंह साउद विवादमा मुछिएका हुन् ।
बोर्डका अध्यक्ष ढुंगानाको छोरी रेविका ढुंगाना, बोर्ड सञ्चालक ढकालका भाइ हेमराज ढकाल र नेप्सेका सीईओ साउदले श्रीमती सुशीलाकुमारी बोहराको नाममा नेप्सेको ओटीसी बजारमार्फत ०७७ माघ २६ गते सेयर खरिद गरेका थिए । सोही प्रकरणमा नेप्सेका सीईओ साउदले राजीनामा दिइसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस