नेप्सेमा काराेबार रकमसँगै जलविद्युत कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेर घट्याे
- गाउँ सहर संवाददाता
- ८ भदौ मंगलबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट आएको छ । यसदिन अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । अधिकांश जलविद्युत कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेर घट्याे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सूचक ५६.०३ अंकले घटेर ३१२४.८७ बिन्दुमा झरेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १२.८१ अंकले घटेर ५७७.६६ बिन्दुमा झरेको छ ।
यो दिन २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँमा कारोबार भएको छ । जसमा १५९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५९ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा करिब डेढ दर्जनबढी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यो दिनको कारोबारमा गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, एचआइडीसीएललगायतका कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा उच्च अंकको गिरावट आएसँगै बिहीबारको तुलनामा कारोबार रकम पनि ४ अर्ब ३७ करोडको भारी गिरावट आएको छ । नेप्सेमा आएको पहिरोले बजार सूचक अझ घट्नसक्ने आंकलन गर्दै लगानीकर्ताले घट्दो मूल्यमा पनि अझ घटाएर शेयर खरीद गर्न खोजेको देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
प्रतिकृया दिनुहोस