साेमबार केपी निवास बालकाेटमा देखिएकाे आशा पूरा हाेला !
- गाउँ सहर संवाददाता
- ७ भदौ सोमबार, २०७८ | १५:४५:०० मा प्रकाशित

काठमाडाैँ । साेमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । सहमति ओली निवास बालकाेटमा भएकाे हाे ।
सहमति अनुसार मंगलबार स्थायी कमिटीको बैठक बोलाइएको छ, जसले १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीहरु क्रियाशील बनाउने कार्यतालिका बनाउने छन् ।
एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका, तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरुले नेकपा एकीकृत समाजवादीको दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्नुअघि १० बुँदे सहमति अक्षरंशः कार्यान्वयन गर्न र १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अल्टिमेटम दिएको थियो ।
१० बुँदे सहमतिनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । एकता पक्षधर एक नेताका अनुसार पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्नेछ ।
बालकोट छलफलमा सहभागी दुबै पक्षका नेताहरु १० बुँदे कार्यान्वयन हुनेमा आशावादी देखिएका छन् ।
तर माधवकुमार नेपालसहित केही नेता फर्किने सम्भावना नदेखेको केहि नेताकाे अनाैपचारिक बाेलीले भने निराशापनि चुलिएकाे देख्न सकिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस