कोरोनाबाट थप ४२ जनाको मृत्यु, सक्रिय संक्रमित ४० हजार ३३८ पुगे, ७७० सघन र १८६ जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- २ भदौ बुधबार, २०७८ | १७:०४:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ८३८ को परीक्षण हुँदा ३ हजार ४०३ संक्रमित थपिएका छन् । जसमा ५९.८१ पुरुष र ४०.१९ प्रतिशत महिला छन् ।
आजसम्म जम्मा ३७ लाख ९१ हजार ६९ पिसिआर र ४ लाख १२ हजार ४९४ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ३९ हजार ९०७ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ७७ हजार ६२३ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ७७० सघन र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या २ हजार १०४ छ । निको हुनेको प्रतिशत ९३.१ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४५७ र होम आइसोलेशनमा रहेको संख्या ३६ हजार ८०६ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार ५३२ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।
अहिलेसम्म कुल जनसंख्यामध्ये दोस्रो मात्राको खोप प्राप्त गर्नेको प्रतिशत ११.९ पुगेको मन्त्रालयले जनाएको छ । अर्थात ३६ लाख ४९ हजार ७६० ले दाेस्राे डाेज खाेप लगाउन पाएका छन् ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरीसंक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ । उसका अनुसार संक्रमण दर १९.५ प्रतिशत छ ।
मन्त्रालयका अनुसार ५०० बढी संक्रमित हुने जिल्लाकाे संख्या २१ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस