माधवकुमार नेपालद्वारा पार्टी पुनःगठन गर्ने घोषणा, पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने
- गाउँ सहर संवाददाता
- १ भदौ मंगलबार, २०७८ | १८:१०:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनःगठन गर्ने घोषणा गरेका छन् ।
आफू पक्षीय जन वर्गीय संठनको भर्चुअल भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनःगठन घोषणा गरेका हुन् । उनले ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने बताएका हुन् ।
उनले भने, ‘अब पार्टी पुनःगठन गरिनेछ । आन्दोलन जगाइने छ । लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ । अब सबै पार्टीसँग सहकार्य गर्ने छौँ ।’
उनले संगठन विस्तारका लागि जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
नेता नेपालले अध्यक्ष केपी ओलीका कारण पार्टी गणतन्त्रविरोधी हो कि भन्ने प्रश्न उत्पन्न भएको पनि बताएका छन् । उनले ओलीकै नजिकका मान्छेबाट संघीयताविरोधी आवाजहरू उठ्न थालेको भन्दै असन्तुष्टी जनाए ।
नेपालले भने, ‘उहाँले एकपछि अर्को आफ्ना सहयोद्धालाई छोड्दै जानुभएको छ । साथ दिनेहरूसँग टाढिँदै जानुभएको छ । आज उहाँले पार्टीलाई जुन दुर्दशामा पुर्याउनु भएको छ, त्यसको क्षतिपूर्ति गर्न लामो समय लाग्छ ।’
भेलामा ओलीले देशभक्तिको झण्डा फालेको र लोकतन्त्रको मूल्यमान्यता त्यागेको आरोप पनि नेता नेपालले लगाए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस