कोरोनाबाट थप २७ जनाको मृत्यु, सक्रिय संक्रमित ३९ हजार ८७१ पुगे
- गाउँ सहर संवाददाता
- १ भदौ मंगलबार, २०७८ | १७:३८:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७ हजार ६८९ को परीक्षण हुँदा ३ हजार २७४ संक्रमित थपिएका छन् । जसमा ५९.८३ पुरुष र ४०.१७ प्रतिशत महिला छन् ।
आजसम्म जम्मा ३७ लाख ७९ हजार २३० पिसिआर र ४ लाख ७ हजार ४९५ जनाको एन्टिजेन परीक्षण भएको छ । जसमा ७ लाख ३७ हजार २९४ पिसिआरबाट संक्रमण पुष्टि भएका छन् भने एन्टिजेनबाट ७६ हजार ८३३ पुष्टि भएका छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ७९० सघन र १९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ९२९ छ । निको हुनेको प्रतिशत ९३.२ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४१५ र होम आइसोलेशनमा रहेको संख्या ३६ हजार ५७५ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या ३ हजार २९६ छ ।
देशमा सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ३५ लाख ८६ हजार ६७३ पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस