सिजन युवा क्लब, तनहुँलाई एम्बुलेन्स हस्तान्तरण
- गाउँ सहर संवाददाता
- २५ श्रावण सोमबार, २०७८ | २०:१७:०० मा प्रकाशित

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्डले एक कार्यक्रम बिच डुम्रे, तनहुँमा सिजन युवा क्लब साथै शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा आइएमई मोटर्स प्रा.लि. को तर्फबाट कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुलाई सो एम्बुलेन्स दिएइको हाे ।
कार्यक्रममा बोल्दै श्रेष्ठले डुम्रेमा यसप्रकारको सुविधा युक्त एम्बुलेन्स गैर–नाफा मुलक संस्थाद्वारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । अरु एम्बुलेन्स भन्दा दोस्त एम्बुलेन्स धेरै ठूलो र फराकिलो रहेको हुँदा बिरामी साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने ब्यवस्था गरिएको हुँदा टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जान सकिने बताए । स्वास्थ्य सेवा, विशेषगरी आपतकालीन स्वास्थ्यसेवाको पहुँचलाई सहज बनाउन संस्थाद्वारा खरिद गरेको उनले बताए । साथै युवा क्लबलाई एम्बुलेन्स खरिद गर्न विशेष सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद पनि दिए ।
आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यमबाट विक्री वितरण गर्दै आएको छ । गत वैशाख महिनामा आइएमई मोटर्सद्वारा पाँच ओटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो ।
आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस