बाँकेबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | १९:३५:०० मा प्रकाशित

काठमाडौँ । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी बाँके नेपालगंज उपमहानगरपालिका-१ ठेगाना भएका ५६ वर्षीय विनोद कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत तुलसीपुर नेपालगंजको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख जरिवाना र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर काडाँघारीबाट पक्राउ गरेको हो ।
श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी नविल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस