प्रेरणा

धैर्य गर्ने व्यक्ति धेरै शक्तिशाली हुन्छ, लतपतले सफलता प्राप्त हुँदैन

काठमाडाैँ । जाे व्यक्ति धैर्य गर्न सक्छ, उ अत्यन्तै शक्तिशाली मानिन्छ । जसले हतार र लतपतमा काम गर्दछ उसले धेरै समस्यासँग जुध्नुपर्ने हुन्छ । र त्यस्ता व्यक्तिले सफलता प्राप्त गर्ने सम्भावना पनि अत्यन्तै कम हुन्छ ।

  • मित्रताले दुःख आधा बनाउँछ । यसकारण राम्रा साथी रिसाए भनेपनि तुरून्तै खुसी बनाउनुहाेस् ।
  • त्याे व्यक्ति अत्यन्तै शक्तिशाली हुन्छ जाेसँग धैर्यता हुन्छ ।
  • आंखा बन्द गर्दा हाम्रा समस्या कम हुँदैनन्, समस्यासँग भिडेमा मात्र टाढा भाग्छन् ।
  • यदि व्यक्तिले आफ्नाे विचार परिवर्तन गरेमा जीवन परिवर्तन गर्न सक्दछ, यसकारण सधैँ सकारात्मक हुनु पर्दछ ।
  • जाे व्यक्तिले हारेकाे महशुष गर्दछन् तब उ रिसाउँछ ।

गाउँ सहर संवाददाता