किन खुलेन त्रिवि पदाधिकारीहरूको कार्यकक्षमा आंशिक प्राध्यापकले लगाएका ताला
- गाउँ सहर संवाददाता
- १६ श्रावण शनिबार, २०७८ | १५:०१:०० मा प्रकाशित

काठमाडौं । आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले माग पूरा नभएसम्म विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा ताला नखोल्ने चेतावनी दिएको छ । समितिले २०७४ साल देखिका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार सेवामा संलग्न नगराएसम्म तालाबन्दी जारी रहने जनाएको हो ।
यसबाट पर्न जाने प्रतिकूल परिस्थितिको जवाफदेही स्वंय विश्वविद्यालय हुने चेतावनी दिएको छ । ‘आंशिक शिक्षकहरुले लामो समयको आन्दोलन पश्चात् २०७४ सालमा नेपाल सरकारले १४२० दरबन्दी स्वीकृत गरी कार्यान्वयनका लागि पत्र पठाई सकेतापनि त्यसलाई कार्यान्वयन गरेको छैन,’ समितिका संयोजक गोकुल लिम्बू, सहसंयोजक राजेन्द्र आचार्य र प्रवक्ता ललित विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘२०७४ साल यता थप भएका एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार सेवामा संलग्न नगराएसम्म तालाबन्दी जारी रहने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस