पर्यटन व्यवसायीलाई खोप दिन पहल गर्छु : अर्थमन्त्री बराल
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०७८ | २०:४६:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बरालले पोखराको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पाँच हजार खोप व्यवस्थापन गर्ने बताएका छन् ।
पोखराका पर्यटन व्यवसायीहरुले अर्थमन्त्री बराललाई मन्त्रालयमै भेटेर पाँच हजार खोप भए, पोखराको पर्यटन व्यवसाय तँग्रिने जानकारी गराएका थिए । अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल हुने जानकारी पर्यटन व्यवसायीलाई गराए । पोखरा पर्यटन पर्यटन परिषदको नेतृत्वमा पोखराका अगुवा पर्यटनकर्मीहरु अर्थमन्त्रालय पुगेर अर्थ मन्त्री बराललाइ बधाई दिँदै व्यवसायिक जीवन रक्षा कोषबाट समस्यामा परेका व्यवसायीलाई राहत दिन आग्रह गरेका थिए ।
गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसायिक जीवन रक्षाकोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको उनले दाबी गरे । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकोले कर्जा तालिकालाई पुनर्तालिकीकरण गर्न पर्यटन व्यवसायीहरुले माग गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस