पोखराको बिरौटामा रहेको किसान बजार थप व्यवस्थित
- गाउँ सहर संवाददाता
- १३ श्रावण बुधबार, २०७८ | २०:३०:०० मा प्रकाशित

पोखरा । पोखराको बिरौटामा रहेको किसान बजार थप व्यवस्थित बनाइएको छ । उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरी थप व्यवस्थित गरिएको छ ।
पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषि उपजको संरक्षण एवम् बजारीकरणमा सहयोग पु-याउने उदेश्यका साथ कोल्ड रुम स्थापना गरिएको हो ।
तीन टन क्षमता रहेको सो कोल्ड रुम फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाद्वारा चार लाख ८० हजारको रुपैयाँको लागतमा स्थापना गरिएको किसान बजार निर्माण तथा सञ्चालक समितिका अध्यक्ष चुडामणि बरालले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले एक समारोहका बीच नवनिर्मित कोल्ड रुमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाद्वारा ११ लाख रुपैयाँको लागतमा स्थापना गरिएको कोल्ड रुमबाट कृषकले भरपूर फाइदा लिने विश्वास व्यक्त गरे । कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई सम्मान गर्नुका साथै प्रोत्साहन स्वरुप महानगरको तर्फबाट ६० हजार रुपैयाँ बरावरको चेक समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, वडा सदस्य बैकुण्ठ भण्डारी, महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया, कृषक उमानाथ सुवेदी, खिमलाल बराल, उमाकान्त बरालले कोल्ड रुमको महत्व र आवश्यकतामाथि प्रकाश पारेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस