गाउँ सहर
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९९ जना कोरोना भाइरसका संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- ११ श्रावण सोमबार, २०७८ | १७:०८:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा मात्रै ६ सय ७७, ललितपुरमा १ सय ९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ८ हजार ९ पुगेको छ। त्यसमध्ये काठमाडौंमा ५ हजार ९१०, ललितपुरमा १ हजार १६३ र भक्तपुरमा ९ सय ३६ संक्रमित सक्रिय रहेका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४२१ जना संक्रमित थपिएका छन् भने संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस