एनआईसी एशिया बैंकको एप र वेबसाइटबाटै आईपिओ भर्न सकिने
- गाउँ सहर संवाददाता
- १० श्रावण आइतबार, २०७८ | २१:५८:०० मा प्रकाशित

काठमाडाैं । एनआईसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत आईपिओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यससँगै एनआईसीमा डिम्याट खाता खोलेका, बैंकमा बचत खाता रहेका तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले बैंकको मोबाइल एप मार्फत शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
महामारीको जोखिम कायम रहेका बेला ग्राहकलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपिओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी मोबाइल एपबाट नै आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको जनाएको छ । ग्राहकले एपभित्र रहेको एप्लाई शेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्ने छन् । एप्लाई शेयर आइकनमा ट्याप गर्दा त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्ने बैंकले जनाएको छ । त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सबमिट गरेपश्चात आवेदन पूरा हुने बैंकले जनाएको छ ।
यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, बैंकले आफ्नो वेबसाइटमा रहेको एप्लाई शेयर आइकनमा क्लिक गरेर पनि आइपिओमा आवेदन दिन सकिने जनाएको छ ।
बैंकले ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस