बुढानीलकण्ठ वडा नं १० काे नेपाली कांग्रेस इकाई सचिवमा बिमलीकाे दावी
- गाउँ सहर संवाददाता
- ९ श्रावण शनिबार, २०७८ | १४:५०:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ काे बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेस इकाइ सचिवमा डिल्लीराम बिमली (निश्चल) ले दाबी गरेका छन् ।
कांग्रेसकाे १४ औँ महाधिवेशन नजिकिएसँगै सचिव पदमा बिमलीले दाबी गरेका हुन् ।
नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज, प्रौढ, युवासहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउँदै बिमलीले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढिरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाई सचिवकाे दाबेदार रहेकाे बताएका छन् ।
पशुपति क्याम्पस चाबहिलदेखि नै नेपाल विद्यार्थी संघमा इकाइ सहसचिव भएर काम गरिसकेका बिमलीले गणतन्त्रकाे नारादेखि राजतन्त्रकाे अन्त्य तथा ०६२/०६३ काे आन्दोलनमा पटक पटक जेल सजायँ परेका थिए । साथै विभिन्न कार्यक्रमहरुमा सहभागी रहँदै आईरहेका छन् ।

उनले आफूले युवापुस्ताको आवाज बोक्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने पनि बताएका छन् । गत स्थानीय तहमा वडा नं १० को चुनावी नतिजालाई उल्टाउदै नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज, प्रौढ, युवासहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउँदै बिमलीले इकाईलाई चलायमान बनाउन आफ्नो दाबी रहेको धारणा राखेका छन् ।
बिमलीले संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन लाग्ने बताए । स्थानीयस्तरमै नेता तथा कार्यकर्ता सक्रिय भएमात्रै पार्टी चलायमान हुने बताउने बिमलीले इकाईका सबै क्रियाशील सदस्यहरुलाई मिलेर एक ढिक्का हुँदै पार्टीको नीतिनियम अनुसार चल्नुपर्नेमा जाेड दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस