बुढानीलकण्ठ वडा नं १० काे नेपाली कांग्रेस इकाई सचिवमा बिमलीकाे दावी
- गाउँ सहर संवाददाता
- ९ श्रावण शनिबार, २०७८ | १४:५०:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ काे बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेस इकाइ सचिवमा डिल्लीराम बिमली (निश्चल) ले दाबी गरेका छन् ।
कांग्रेसकाे १४ औँ महाधिवेशन नजिकिएसँगै सचिव पदमा बिमलीले दाबी गरेका हुन् ।
नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज, प्रौढ, युवासहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउँदै बिमलीले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढिरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाई सचिवकाे दाबेदार रहेकाे बताएका छन् ।
पशुपति क्याम्पस चाबहिलदेखि नै नेपाल विद्यार्थी संघमा इकाइ सहसचिव भएर काम गरिसकेका बिमलीले गणतन्त्रकाे नारादेखि राजतन्त्रकाे अन्त्य तथा ०६२/०६३ काे आन्दोलनमा पटक पटक जेल सजायँ परेका थिए । साथै विभिन्न कार्यक्रमहरुमा सहभागी रहँदै आईरहेका छन् ।

उनले आफूले युवापुस्ताको आवाज बोक्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने पनि बताएका छन् । गत स्थानीय तहमा वडा नं १० को चुनावी नतिजालाई उल्टाउदै नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज, प्रौढ, युवासहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउँदै बिमलीले इकाईलाई चलायमान बनाउन आफ्नो दाबी रहेको धारणा राखेका छन् ।
बिमलीले संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन लाग्ने बताए । स्थानीयस्तरमै नेता तथा कार्यकर्ता सक्रिय भएमात्रै पार्टी चलायमान हुने बताउने बिमलीले इकाईका सबै क्रियाशील सदस्यहरुलाई मिलेर एक ढिक्का हुँदै पार्टीको नीतिनियम अनुसार चल्नुपर्नेमा जाेड दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस