‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’
- गाउँ सहर संवाददाता
- २ श्रावण शनिबार, २०७८ | १७:०२:०० मा प्रकाशित

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व राप्रपामा आवश्यक रहेको बताएका छन् ।
राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषय पार्टी र नेतृत्व कमजोर नहुने भन्दै नेता राणाले पार्टीपंक्तिमा अन्यथा भ्रम सिर्जना नर्गन आह्वान गरेका छन् ।
‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’ राणाले सामाजिक संजालमा शनिबार भनेका छन् । ‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै हैनन् ।’
राणाले भने, ‘राप्रपामा जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्वको आवश्यक छ । सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक छ ।’
नेपालगंज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले यस अघि नै राप्रपाको अध्यक्ष पदमा दावी गरीसकेका छन् । महाधिवेशनउन्मुख राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहसले व्यापकता पाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस