संसदले गर्ने काम पनि अदालतले आफैं थालेको आरोप, सर्वोच्चको फैसलाप्रति एमालेकाे धारणा (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | १६:३६:०० मा प्रकाशित

काठमाडाैं । सर्वोच्च अदालतको असार २८ को फैसलाका सम्बन्धमा नेकपा एमालेले आधिकारिक धारणा सार्वजनिक गरेकाे छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले संसदले गर्ने काम पनि आफैं थालेको आरोप पनि लगाएको छ ।
एमालेले सर्वोच्च अदालतको असार २८ को फैसलाका कारण तीनवटा संवैधानिक अंगबीच सन्तुलन खलबलिएको निष्कर्ष निकालेको छ
चार बुँदे निर्णय गर्दै सकिएको एमाले स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा गरिएको फैसलाले नेपालको संविधानको अक्षर र भावना तथा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, शक्ति पृथकीकरण एवम् नियन्त्रण र सन्तुलनको सिद्धान्तमै गम्भीर असर परेको दाबी गरेको छ ।
बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सर्वोच्चको फैसलाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको संविधानको आधारभूत प्रस्थापनालाई अतिक्रमण गर्दै तिनलाई कमजोर तुल्याएको छ । मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित रहनु लोकतन्त्रको सर्वाधिक महत्वपूर्ण पक्ष हो ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस