स्वास्थ्य
खोप अभाव भएको भन्दै काठमाडौंमा जारी खोप अभियान स्थगित
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | १६:०७:०० मा प्रकाशित

काठमाडाैं । खोप अभाव भएको भन्दै काठमाडौंमा जारी खोप अभियान स्थगित गरिएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको खोप अभियान स्थगन गरिएको जनाएको हो।
असार २९ गतेदेखि काठमाडौंमा भेरोसेल खोप अभियान सुरु गरिएको थियो। तर काठमाडौंमा हाल मौज्दात खोप समाप्त भएकाले अर्को सूचना नभएसम्मका लागि साउन २ गतेदेखि खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ।
सरकारले चीनबाट खरिद गरेको मध्ये ८ लाख मात्रा खोप ल्याएपछि खोप अभियान सुरु गरिएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस