राजनीति

अब एमाले जाेगिन्छ कि भत्किन्छ ! चुनावसम्ममा पुच्छर कि टाउकाे ?

काठमाडाैँ । शुक्रबार बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा केपी शर्मा ओलीले जारी राखेको बैठकमा छिरेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्न माग गरेका थिए । तर ओलीले बैठक अगाडि बढ्छ भनेपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका थिए । 

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरुले स्थायी कमिटी बैठक रोक्न गरेको मागलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका थिए । बैठक राेक्न नेता रावलसँगै भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट बैठकस्थलमा पुगेका थिए । रघुजी पन्त बिरामी भएका कारणले उनीहरुसँग गएनन् ।

नेपाल पक्षका नेताहरुले ओलीसमक्ष राखेका ५ बुँदे मागमा कार्यदलको सहमति अनुसार बैठक डाक्नु पर्छ, ओली र नेपालबीच वार्ता हुनुपर्छ, एमालेलाई खण्डित हुने गतिविधि बन्द गरौँ, राष्ट्रियहितसँग एमाले एकता जोडौँ र कारोना महामारीका बेला मुुलुकलाई थप संकटमा नधेकलौँ रहेका छन् ।

बैठकबाट बाहिरिने क्रममा नेता भीम रावलले पार्टी एकताका लागि बैठक रोक्न माग गरिए पनि अध्यक्ष ओलीले नमानेको बताएसंगै काेराेना महामारीकाे याे विषम अवस्थामा झन जटिलता देखिँदा समर्थकमा थप चिन्ता थपिदिएकाे छ ।

उसैपनि सनक र अहमले पार्टीकाे धब्बा खेपिरहेका ओलीले नेपाल पक्षका सहमति र अवराेध नहटाइ वैठक बढाउने निर्णयले एमालेकाे भविश्यबारे सराेकारवालाहरूले राम्राे संकेतकाे रूपमा नदेखिरहेकाे बताएका छन् । जसकाे प्रमाण प्रधानमन्त्री खुस्किएर बालकाेट पूगेपछिकाे छतकाे व्यापार मात्रैपनि काफी हुन्छ ।

यता वैठककै दाैरानमा नेता गाेकुल बास्काेटाले फेसबुकमा कुरा साझा गर्दै भनेका छन्, "माधव नेपाललाई विधि, पद्दति, अनुशासन, समन्वय र प्रजातान्त्रिक गुणका बत्तिसै लक्षणयुक्त देवता मान्ने साथीहरुले यी तीन घुम्तीको समीक्षा गर । छैटौँ महाधिवेशनमा बामदेव गौतमले नेतृत्वमा चुनौती पेश गरेपछि नेपालगन्जबाट खेदान, सातौँमा ओलीलाई फरकमत पेश गर्नै बन्देज नवौँमा उनले हारेयताका वितण्डा ।"

यता वार्ताटोली औपचारिक रुपमा भंग भए पनि पार्टी एकता जोगाउने उपायका बारेमा नेताहरुबीच अनौपचारिक छलफल चलिरहने उनीहरुले बताएका छन् । दायरमा स्थायी कमिटीका अन्य नेताहरुलाई समेत समेटेर दबाब दिने तयारी भइरहेको उनीहरूले बताएका छन् ।

न माधव न ओली छुट्टिएर जान सकेका छन् न मिलाएर जान नै सकेका छन् । यो घानमा छुट्टैपक्षका भातृसंगठनको समानान्तर कमिटी गठन गर्न र एक अर्कालाई आरोप-प्रत्यारोपमा उत्रिन भ्याएका छन् । घरि एक अर्कालाई कारवाही गर्छन् अनि नसकिने रहेछ भन्दै जोडिन खोज्छन् । कोहि भन्दा कोहि कम छैनन् । दुबै मातेका साँढे देखिएका छन् । हुन त यो खेलोमा ओली बा नै अगाडि देखिएका छन्, घमण्ड र सनकको पोको नै बोकेर मनलागि गरेको गुनासो पनि आइनै रहेको छ । उनका सहयोगीका भनाइहरू कसैको पनि कमको छैन । माथिदेखि तलसम्म उहि । मिल्न लागेको कुरापनि यसैकारण धेरै विग्रिएको जानकारहरूले बताइनैरहेका छन् ।

यसकारण कि मिल्नुपर्यो नत्र यो आन्तरिक किचलोले जनताले लामै समयदेखि दुःख झेलिरहेको कसैबाट छिप्न सक्दैन । यदि मिल्न नसक्ने हो भने छुट्टिउँ तमासा नदेखाउँ । अनिपनि विरोध, आरोप-प्रत्यारोप र आक्रमण भए कानूनी बाटो छँदैछ नि होइन !

तर योपनि भएको छैन, किनकी न नेपालको दम देखियो न ओलीको । त्योपनि नसक्ने अनि कार्यकर्तालाई कहिले यताको अनि कहिले उताको बनाइरहेका छन् । यसरी विवाद लिम्बँदा सामाजिक सञ्जालमा केहिक्षण मजा त आउला तर यसले पुर्याएको क्षति पछिल्ला दिनहरूमा वा चुनावमा देखिने पक्का छ ।

याे चालाले चुनावसम्ममा एमालेकाे स्थान पुच्छर कि टाउकाे भनेर काउन्डाउन सुरू भएकाे भन्न सकिएला ?

गाउँ सहर संवाददाता

तपाईँको मत