७५० तहमा वाणिज्य बैंकका १० हजार ६११ शाखा, रु.१४८ अर्ब ३५ करोड पुनरकर्जा स्वीकृत
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | १२:१५:०० मा प्रकाशित

काठमाडाैँ । कुल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
याे तथ्यांक नेपाल राष्ट्र बैंकद्वारा जारी एघार महिनाकाे वित्तीय विवरणमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ जेठ मसान्तमा १३८ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७८ जेठ मसान्तमा १०,६११ पुगेको छ ।
यस्तै नेपाल राष्ट्र बैंकका अनुसार सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ जेठ मसान्तसम्ममा रु.१४८ अर्ब ३५ करोड स्वीकृत भएकोमा रु.१२७ अर्ब ९ करोड लगानीमा रहेको छ ।
२०७८ जेठ मसान्तसम्ममा ९६ हजार ८ सय ५२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१५० अर्ब ९६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४४ हजार ७ ऋणीलाई प्रवाह भएको रु.१०२ अर्ब ८३ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ५० हजार ५ सय १३ महिला उद्यमीलाई प्रवाह भएको रु.४४ अर्ब ६६ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ३२ ऋणीको रु.३ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले बताएकाे छ ।
बैंककानुसार “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ जेठ मसान्तसम्ममा रु.८२ करोड २४ लाख स्वीकृत भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस