सुनापति गाउँपालिकाले ल्यायाे ५२ करोड २९ लाखको बजेट, वडा विभाजन गरिने !(पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- ३१ असार बिहीबार, २०७८ | ०९:४०:०० मा प्रकाशित

रामेछाप । सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ५२ करोड २९ लाख ८२ हजारको बजेट सार्वजनिक गरेको छ । यसअघि गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम पारित गर्दै गाउँपालिकाले बुधवार बजेट सार्वजनिक गरेको हाे । गाउँपालिका उपाअध्यक्ष गीता विष्टले सार्वजनिक गरेको बजेटमा पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठसहित गाउँपालिकाका वडाध्यक्षहरू लगायत जनप्रतिनिधिहरुको सहभागी रहेको उक्त कार्यक्रममा बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष तामाङले नीति तथा कार्यक्रम अनुसार ल्याएको बजेटलाई प्रभावकारी रुपमा कार्यान्वय गरिने बताए । प्रशासकीय प्रमुख श्रेष्ठले बजेट कार्यन्वयनका लागि तदारूकताकासाथ लागि पर्ने प्रतिबद्धता जनाए ।
गाउँपालिकाले वडा विभाजनकाे लागि पनि बजेट विनियाेजन गरिएकाे उल्लेख गरेकाे छ । प्रस्तुत बजेटकाे बुँदा १२ मा " सुनापति गाउँपालिकाकाे वडा नं. ४, बेथानमा कुल जनसंख्याकाे करिब २७ प्रतिशत रहेकाे र अन्य वडाकाे तुलनामा बढि जनसंख्या रहेकाे हुँदा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न र सन्तुलित विकास गर्न हाल कायम वडा ४ बेथानलाइ विभाजन गर्नसमेत बजेट उन्मुख रहेकाे छ" भनिएकाे छ ।
बजेटमा पालिकाभित्र का नागरिकहरूकाे परिवार स्वास्थ्य बीमा कार्यक्रम र एकल पुरूषका लागि १ कराेड बिनियाेजन गरिएकाे छ ।
बजेटकाे पूर्णपाठ :

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस