कोरोना संक्रमितमध्ये सघनमा ५७६ र भेन्टिलेटरमा १७१ जनाको उपचार हुँदै, थप १५ जनाकाे मृत्यु, निकाे हुनेकाे दर ९४.६ प्रतिशत
- गाउँ सहर संवाददाता
- २२ असार मंगलबार, २०७८ | १६:५७:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार २६३ पुगेको छ ।
पछिल्लो २४ घण्टाको कोरोना मिटरले कोरोना संक्रमितमध्ये सघनमा ५७६ र भेन्टिलेटरमा १७१ जनाको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५८५ को परीक्षण हुँदा २ हजार ६३४ संक्रमित थपिएका छन् । जसमा महिला ३९.३ र पुरूष संक्रमितकाे प्रतिशत ६०.६ रहेकाे छ । योसहित कुल संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ५६५ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ ।
आजसम्म ३३ लाख ८३ हजार ५४४ जनाको पिसिआर टेस्ट भएको छ भने एन्टिजेन विधिबाट २ लाख १३ हजार ३५८ को टेस्ट भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३३० र होम आइसोलेशनमा रहेको संख्या २२ हजार ९६९ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ८५९ छ ।
देशभर अहिले २५ हजार ८२८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
निकाे हुनेकाे दर ९४.६ प्रतिशत छ । अहिलेसम्म दुबै खाेप लगाउनेकाे संख्या ७ लाख ५९ हजार ९५४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस