कोरोना संक्रमितमध्ये सघनमा ५७६ र भेन्टिलेटरमा १७१ जनाको उपचार हुँदै, थप १५ जनाकाे मृत्यु, निकाे हुनेकाे दर ९४.६ प्रतिशत
- गाउँ सहर संवाददाता
- २२ असार मंगलबार, २०७८ | १६:५७:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार २६३ पुगेको छ ।
पछिल्लो २४ घण्टाको कोरोना मिटरले कोरोना संक्रमितमध्ये सघनमा ५७६ र भेन्टिलेटरमा १७१ जनाको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५८५ को परीक्षण हुँदा २ हजार ६३४ संक्रमित थपिएका छन् । जसमा महिला ३९.३ र पुरूष संक्रमितकाे प्रतिशत ६०.६ रहेकाे छ । योसहित कुल संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ५६५ छ । योसहित कुल निको हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ ।
आजसम्म ३३ लाख ८३ हजार ५४४ जनाको पिसिआर टेस्ट भएको छ भने एन्टिजेन विधिबाट २ लाख १३ हजार ३५८ को टेस्ट भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३३० र होम आइसोलेशनमा रहेको संख्या २२ हजार ९६९ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ८५९ छ ।
देशभर अहिले २५ हजार ८२८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
निकाे हुनेकाे दर ९४.६ प्रतिशत छ । अहिलेसम्म दुबै खाेप लगाउनेकाे संख्या ७ लाख ५९ हजार ९५४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस