पूर्वी चितवनको रहस्यमय अपराधको गहिरो अनुसन्धान र दोषीलाई कानूनी कठघरामा उभ्याउन माग
- गाउँ सहर संवाददाता
- २२ असार मंगलबार, २०७८ | ०३:४५:०० मा प्रकाशित
.jpeg)
काठमाडाैँ । पूर्वी चितवनको रहस्यमय अपराधको गहिरो अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन नेपाली कांग्रेसले माग गरेकाे छ ।
उसले विज्ञप्ति जारी गर्दै भनेकाे छ, "पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको छ । ९ दिनसम्म उनि नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ । नेपाली कांग्रेस सुजिता प्रकरणको गहिरो र गम्भीर अनुसन्धान मार्फत दोषीलाई अविलम्ब कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गर्दछ ।"
जारी विज्ञप्तिमा देशको विभिन्न भागमा महिला उपर अनेक प्रकृतिका हिंसा र हत्याका घटना पटक–पटक भएकाे र यो प्रवृत्तिलाई निरुत्साहित गर्न र सामाजिक परिवर्तनका लागि गम्भीर राष्ट्रिय विमर्श गर्न जरुरी भइसकेको उसले बताएकाे छ । घटनाहरुको गहिरो अनुसन्धान र कार्वाहीका लागि राज्य प्रशासनको गम्भीर तदारुकता पनि झनै विशेष बन्न बनाउन अत्यावश्यक भएको भन्दै पूर्वी चितवनको घटनाको गहिराईसम्म पुगेर अनुसन्धान गर्न कांग्रेसले भनेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस